विभिन्न संघसंस्थाको आयोजनामा पुर्वी नवलपरासीको देवचुलीमा निशुल्क दन्त शिविर गरिएको छ । देवचुली नगरपालिकाको रामबासमा रहेको भीमसेन आदर्श मा वि मा आयोजना गरिएको दन्त शिविरबाट २७० जना विद्यार्थीहरु लाभान्वित भएका छ्न । भीमसेन हाईस्कूल एलुम्नाई एसोसिएसन, लायन्स क्लब अफ नारायणगढ़ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ़ नारायणी र रोटर्याक्ट क्लब अफ भरतपुरको आयोजना तथा स्कुल अफ डेन्टल, चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा आज शिविर गरिएको हो । चितवन मेडिकल कलेजका डेन्टल विभाग प्रमुख डा. हरेन्द्र सिं को नेतृत्वमा ९ जना डाक्टरहरु द्वारा दाँतको परिक्षण गरिएको थियो । आज भएको शिविरमा २७ जना विद्यार्थीहरुको दाँतमा समस्या देखिएकाले दाँत उखाल्ने कार्य समेत गरिएको थियो ।बालबालिकाहरुमा दाँतको समस्या न्यूनीकरण गर्नका लागि शिविर आयोजना गरिएको लायन्स क्लब अफ नारायणगढ बालकुमारीका अध्यक्ष बालगोपाल चुकेले बताउनुभयो । कार्यक्रमलाई समापनको गर्ने क्रममा भीमसेन आदर्श मा. वि.का सहायक प्र.अ. अग्निधर भुसालले आयोजक तथा प्राविधिक सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गर्नु भएको थियो । दन्त शिविरको अध्यक्षता लायन्स क्लब अफ नारायणगढ़ बालकुमारीका अध्यक्ष तथा समाजसेवी बाल गोपाल चुकेले गर्नुभएको थियो भने विशेष अतिथिमा सोही विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष बलिराम सापकोटा,सहायक प्रधानाध्यापक अग्निधर भुसाल , अतिथिहरु भीमसेन हाईस्कूल एलुम्नाई एसोसिएसन (भीसान) का अध्यक्ष शेर बहादुर पौडेल र सोही विद्यालयका आधारभूत तह प्रमुख दोलकान्त अर्याल रहनुभएको थियो ।