9857088595

info@bhisaan.org.np

     

Already Registered? Click Here !


About BHISAAN


भीमसेन हाइ स्कुल एलुम्नाइ एसोसियसन (भीसान) नवलपरासीको स्थापना बिक्रम सम्बत २०६० मा स्थापना भएको थियो। भीमसेन आदर्श माध्यमिक विद्यालय, रामबास, देवचुली नवलपुरबाट एसएलसी, दश जोड दुई, एसईई वा कुनै पनि कक्षामा अध्ययन गरी पूर्व भएका विद्यार्थीहरुको साझा सस्था हो । यस सस्थाको स्थापना गरेर बिभिन्न स्थानहरुमा छरिएर रहेका पूर्व विद्यार्थीहरूका बिचमा संपर्क सेतुको काम गर्नु नै हो अद्यपी भीसान नवलपरासीले शिक्षक, अभिभावकहरू र अध्ययनरत विद्यार्थीहरुको भलाइको लागि समेत कामहरु गरिरहेको छ । सामान्यतया, भीसानको उद्देश्य विश्वसनीयताको भावना जगाउने र विद्यार्थी र स्थानिय स्तरमा सामाजिक कल्याणको प्रबर्द्धन गर्नु नै हो। पूर्व विद्यार्थीहरू, समुदाय र अभिभावक बीचको सम्बन्धलाई सुदृढ गर्न, सबै पुराना बिद्यार्थीहरुको अनुभवहरुलाई एक अर्कामा बाँड्न र भीमसेन र वरपरका बिद्यालयका विद्यार्थीहरूलाई राम्रो शिक्षा र उच्च अध्ययनको लागि मार्गदर्शन प्रदान गर्ने मुख्य उद्देश्य भीसान नवलपरासीको रहेको छ । बिद्यालयहरु र सम्पूर्ण समुदायको समृद्धिका लागि पूर्व विद्यार्थी, बिद्यालय परिवार र अभिभावकहरुलाई एकताबद्ध गर्नु नै आजको आवस्श्यकता हो। भीमसेन आदर्श माध्यमिक विद्यालयका सबै भूतपूर्व विद्यार्थीहरूको बीचमा प्रत्यक्ष वा अप्रत्क्ष रुपमा जोड्ने र सम्पूर्ण पूर्व विद्यार्थीहरुको जानकारी अद्यावधिक गर्ने र यसका लागि स्मारिका, आवधिक पत्रपत्रीका, वेबपेज मार्फत र फेसबुक जस्ता सामाजिक सन्जालबाट यसलाई सकृय रुपमा सन्कलन गर्ने काम पनि भीसानले गरी नै रहेको छ । विद्यार्थीहरूको क्यारियर, छात्रवृत्तिका लागि बिबिध कार्यक्रमहरू आयोजना गर्ने तथा अन्य सस्थाहरुसँग समेत सहकार्य गरी कार्य गर्न सक्रिय भूमिका खेल्ने, योग्यता र साधनको आधारमा उच्च अध्ययनको लागि आवश्यक पर्ने आर्थिक सहयोग प्रदान तथा सन्कलन गर्ने र अन्य रचनात्मक कार्यहरूको लागि प्रोत्साहित गर्ने र गराउन मद्दत गर्नका साथै सबै भूतपूर्व र अध्ययनरत विद्यार्थीहरुलाई साझा मन्चका रुपमा संस्थाको विकास गर्नु हो । भीसानलाई सकृय राष्ट्रिय सामाजिक संगठनको रुपमा विकास गर्ने एसोसिएसनको मुख्य दृष्टिकोण रही आएको छ ।