9857088595

info@bhisaan.org.np

     

Already Registered? Click Here !


निःशुल्क स्वास्थ्य परिक्षण

भीसान नवलपरासीको आयोजनामा २०७७ फाल्गुण २८ गते शुक्रबारका दिन निःशुल्क स्वास्थ्य परिक्षण शिविर सम्पन्न भएको छ । देवचुली नगरपालिका वडा नं ७ रामबासमा रहेको भीमसेन आदर्श नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु र अभिभावकहरुको निःशुल्क स्वास्थ्य शिविर गरिएको हो । भीसान नवलपरासी, लायन्स क्लब अफ नारायणघाट नारायणी, लायन्स क्लब अफ नारायणघाट बालकुमारी लगायतका संस्थाहरुको साझेदारीमा शिविर गरिएको हो । जसमा विद्यालयका विद्यार्थी र अभिभावक गरि २ सय ३७ जनाले सेवा लिएका छन् । शिविरमा भीसान नवलपरासीका अध्यक्ष शेर बहादुर पौडेलले बिशेषगरि विद्यालयका बालबालिकाहरुले “जंगफूड” को प्रयोग बढि गर्ने हुँदा बालबालिकाको स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिने भएकाले विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको बताउनुभएको छ । उक्त शिविरमा बरिष्ठ फिजिसियन डा. सन्दिप पाण्डे, बरिष्ठ जनरल सर्जन अमित शर्मा, बरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. दामोदर कंडेल, बरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. जीवन परियार, बरिष्ठ बाल रोग विशेषज्ञ डा. किरण देवकोटा र मेडिकल अफिसर डा.टेकेन्द्र गौतमबाट बिरामीको परिक्षण गरिएको थियो । शिविरमा चेकजाँचका लागि आउने विद्यार्थीहरुमा खानपान, कान, मुटु रोगी जस्ता धेरै समस्या देखिएको बरिष्ठ बाल रोग विशेषज्ञ डा. किरण देवकोटाले जानकारी दिनुभयो । उहाँले बालबालिका भन्दा पनि अभिभावकहरुले आफ्ना बच्चाहरुको खानपानमा हेरचाह गर्नुपर्ने बताउँदै खानपानमा सचेत हुनुपर्ने बताउनुभएको थियो । शिविरमा चितवन भरतपुर १० मा रहेको श्री पुष्पाञ्जली हस्पिटलको समेत प्राविधिक सहयोग रहेको थियो भने स्थानिय हेप्पी एफएम मिडिया सहयोगीको रुपमा रहेको थियो। कार्यक्रममा करिब २ लाख हाराहारीको निशुल्क औषधी निशुल्क बितरण गरिएको र थियो। सो औषधी निशुल्क रुपमा भरतपुरमा रहेको प्रान्जा मेडिको सप्लायर्स र प्राबिधिक सहयोगी पुष्पाञ्जली हस्पिटल प्रा लिले उपलब्ध गराएको थियो ।