9857088595

info@bhisaan.org.np

     

Already Registered? Click Here !


कुमारवर्ती विद्यालयलाई फोटोकपी मेसिन प्रदान

१३ मंसिर, २०७८ भीमसेन हाइस्कुल एलुमिनियम एसोसिएसन (भीसान) नवलपरासीको आयोजनामा देवचुली-१३ दलदलेस्थित कुमारवर्ती आधारभूत विद्यालयलाई प्रिन्टर, स्क्यानरसहितको फोटोकपी मेसिन उपलब्ध गराइएको छ । भीसानका कतार संयोजक तिलक भुसालको पहलमा कतारमा रहेका भीमसेन आदर्श नमुना माविका पूर्व विद्यार्थीहरुले आर्थिक संकलन गरी उपलब्ध गराएको रकमबाट सो सहयोग गरिएको संस्थाका अध्यक्ष शेरबहादुर पौडेलले जानकारी दिए । देवचुली नगरपालिका वडा- १३ का अध्यक्ष क्याप्टेन दिलबहादुर खत्री प्रमुख अतिथि रहेको कार्यक्रममा सोही विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष देवीप्रसाद रेग्मीको अध्यक्षतामा कार्यक्रम गरिएको हो । विद्यालयका शिक्षक, अभिभावक संघका अध्यक्ष, भीसानका अध्यक्ष शेरबहादुर पौडेल विशिष्ट अतिथि रहेका थिए भने भीसानका उपाध्यक्ष जीवलाल पराजुली, सचिव राजु चापागाईं, कोषाध्यक्ष जगदिश तिवारी तथा कतार संयोजक तिलक भुसाल अतिथिका रुपमा सहभागी थिए । विद्यालयका शिक्षक, कर्मचारी तथा अभिभावकहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा भीसानका पदाधिकारीले सो मेशिन हस्तान्तरण गर्दै कतारबाट आर्थिक सहयोग दाताहरु पदमबहादुर पौडेल, सकुल भुसाल, युवराज भुसाल, गोकुल भुसाल, तीर्थराज घिमिरे, मनबहादुर थापा, गुनबहादुर सुनार, ढकबहादुर बसेल, सुशील पौडेल र राजेश भारतीलाई कतार संयोजक तिलक भुसालले धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै गरी विद्यालय प्रधानाध्यापक राजेन्द्र भुर्तेलले भीसानको यस कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा रहेको बताए । कार्यक्रम संचालन शिक्षक युवराज पराजुलीले गरेका थिए । परोपकारी अभियान अन्तर्गत भीसानले सुरु गरेको जन्मोत्सव कोषमा ७ लाख रुपैयाँ बढी संकलन गरिसकेको र उक्त रकम विकू बचत दलदले शाखामा मुद्दतीमा जम्मा गरिएको भीसानका अध्यक्ष पौडेलले बताए ।