9857088595

info@bhisaan.org.np

     

Already Registered? Click Here !


भीमसेन आदर्श माविलाई थर्मोगन सहयोग

मिति २०७७ आषाढ ०९ गतेका दिन भीसान नवलपरासीले एक कार्यक्रमका बिच मेडिकल थर्मामीटर २ थान श्री भीमसेन आदर्श मा. वि. लाई हस्तान्तरण गरेको छ । हाल विश्व नै कोभिड १९ का कारण प्रभावित रहेको अवस्थामा सबै विद्यालयहरुमा अध्ययन रोकिएको मात्र छैन सामुदायिक/सरकारी विद्यालयहरुमा क्वेरन्टिनका रुपमा प्रयोग भएका छन् । यसरी विद्यालयहरु कोरोना महामारीको उच्च जोखिम रहनेभएकाले भीसान नवलपरासीको अनुरोधमा रु दश हजार बराबरको २ वटा मेडिकल थर्मोमिटर लायन्स क्लव अफ नारायणगढ़ बालकुमारी र नारायणी मोटर्सले भीसानलाई सहयोग स्वरुप उपलब्ध गराएको थियो भने भीसानले सो थर्मामीटर विद्यालयलाई वितरण गरेको थियो । भीसानका अध्यक्ष शेर बहादुर पौडेल र सचिव राजु चापागाईंको उपस्थितिमा विद्यालयका प्राचार्य नरदेव न्यौपाने र शाखा विद्यालयका ईन्चार्ज डोलकान्त अर्याललाई हस्तान्तरण गरिएको थियो । हाल भीमसेन आदर्श मा. वि. को शाखा विद्यालय देवचुली नगरपालिकाको सात नम्बर वडाको क्वेरन्टिनको रुपमा प्रयोग भैरहेको छ । भीसान नवलपरासीले सहयोगी दाताहरुलाई धन्यवाद ज्ञापन गर्दै निरन्तर सहयोगको अपेक्षा सहीत भविष्यमा आफ्ना यस्ता विविध गतिबिधी निरन्तर गरिरहने प्रतिबद्धता समेत जनाएको छ ।