भीमसेन हाइ स्कुल एलुम्नाइ एसोसियसन (भीसान) नवलपरासीको स्थापना बिक्रम सम्बत २०६० मा स्थापना भएको थियो। भीमसेन आदर्श माध्यमिक विद्यालय, रामबास, देवचुली नवलपुरबाट एसएलसी, दश जोड दुई, एसईई वा कुनै पनि कक्षामा अध्ययन गरी पूर्व भएका विद्यार्थीहरुको साझा सस्था हो । यस सस्थाको स्थापना गरेर बिभिन्न स्थानहरुमा छरिएर रहेका पूर्व विद्यार्थीहरूका बिचमा संपर्क सेतुको काम गर्नु नै हो अद्यपी भीसान नवलपरासीले शिक्षक, अभिभावकहरू र अध्ययनरत विद्यार्थीहरुको भलाइको लागि समेत कामहरु गरिरहेको छ । सामान्यतया, भीसानको उद्देश्य विश्वसनीयताको भावना जगाउने र विद्यार्थी र स्थानिय स्तरमा सामाजिक कल्याणको प्रबर्द्धन गर्नु नै हो।